काठमाडौं । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः दोहोरिएका छन् । दोस्रो कार्यकालका लागि बैंक सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो ।
बिहीबार बैंकका अध्यक्ष रोशन केसीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।
साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत कोइरालाज्यू आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक लि. वित्तीय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।
Comments are closed.