जानुका पराजुली, महासचिव, लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथ महोत्सवलाई भव्य र सभ्य रुपले सफल पार्नका लागि हामी जुटेका छौं । महोत्सव सफल बनाउन विभिन्न जातजातिका प्रतिनिधि, आमा तथा महिला समूहका अध्यक्ष, लेखनाथमा रहनुभएका सामाजिक व्यक्तित्व लगायतसँग हामीले छलफल पनि गरेका छौं ।
लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा हेरिदैं आएको छ । १८औं संस्करणका महोत्सव सम्पन्न भइसक्दा महोत्सवमा हुने गतिविधि अन्य महोत्सवमा भन्दा भिन्न रहे । नयाँपन दिनेखालका कार्यक्रम हुने गरेका छन् । महोत्सव अवलोकन गर्न आउने दर्शकमा पनि उत्साह रहेको र लेखनाथ महोत्सव जानुपर्छ भन्ने सोच रहँदै आएको छ ।
महिला आमा समूह परिचालनको पाटोहरुमा हामीले भेग, वर्ग, लिङ्ग, जाति सबैलाई मिसाएर महिला परिचालन समिति बनाएका छौं । समितिमार्फत कुनैपनि आमा समूहहरु नछुटुन् भन्ने हिसाबले सूचना प्रवाह गर्ने विभिन्न माध्यमहरु प्रयोग गरिरहेका छौं । रत्यौलीसँगै महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिता पनि समावेश गरिएको छ । विभिन्न परम्परागत तथा लोप हुने अवस्थामा रहेका सामग्री बनाउने र प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ ।
महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण पनि हँुदै आएको छ । लेखनाथ महोत्सवले व्यवसायी, उत्पादक र उपभोक्तालाई जोड्न पुलको काम पनि गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पनि लेखनाथ महोत्सवले महत्वपूर्ण भुमिका खेलेको छ । सात तालको शहरका रुपमा लेखनाथलाई चिनिन्छ । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान पनि हो लेखनाथ । यसको प्रचारप्रसारमा पनि महोत्सवले योगदान पु¥याएकोे छ ।
महोत्सवको उद्घाटनको दिन दर्शकको उपस्थिति उत्साहजनक रह्यो । महोत्सव अवधिभर आकर्षण कायम नै रहनेछ । उद्घाटनको दिन ३५ हजारले महोत्सव अवलोकन गर्नु पनि एउटा ऐतिहासिक उपलब्धी नै मान्न सकिन्छ । महोत्सव उद्घाटनको दिन ६ सय वटा झाँकी र्याली निस्कनुले लेखनाथ महोत्सवप्रति सम्पूर्ण लेखनाथबासीको माया प्रगाढ छ भन्ने पुष्टि हुन्छ ।
Comments are closed.