रास्वपा सभापति लामिछानेले कास्कीमा दुई वटा सभालाई सम्बोधन गर्ने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुस ७ गते शनिबार कास्कीमा आयोजित दुई वटा सभालाई सम्बोधन गर्ने भएका छन् ।

माछापुच्छ्रे गाउँपालिका र पोखरामा आयोजना हुने सभामा सभापति लामिछानले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिए ।

माछापुच्छ्रेको लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा हुने सभालाई बिहान ११ बजे र पोखराको अमरसिंहचौरमा हुने सभालाई दिउसो २ बजे सभापतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

त्यस्तै जिरो किमीमा रहेको पार्टी प्रदेश कार्यालयको समेत सभापति लामिछानेले उद्घाटन गर्नेछन् ।

You might also like

Comments are closed.