राजेन्द्र ओझा
वरिष्ठ उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथ महोत्सवले कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा जोड दिदै आएको छ । लेखनाथ तथा यस आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि महोत्सव फलदायी बन्दै आइरहेको छ । महोत्सव आफैमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्ने गरेको छ । जसले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि महोत्सवको योगदानलाई सकारात्मक मान्न सकिन्छ ।
लोपोन्मुख जातजातिका भेषभुषा तथा रहनसहनको प्रत्यक्ष अवलोकन लेखनाथ महोत्सवमा गर्न पाइन्छ भने परम्परागम सामग्रीहरु पनि महोत्सवमा प्रदर्शनीमा राखिएको हुन्छ । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तीय संस्थाका स्टलहरु रहनेछन् ।
महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुनेछ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी हुन्छन् । फुड फेष्टिवल, अटोमोबाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा रहनेछन् । विभिन्न सांस्कृतिक कार्यक्रम महोत्सवमा संचालन हुन्छन् । रत्यौली गीत प्रतियोगिता, लोक गीत, कन्सर्टबाट दर्शकले मनोरञ्जन लिनसक्नुहुनेछ ।
समग्रमा भन्नुपर्दा लेखनाथ क्षेत्र, पोखरा र गण्डकी प्रदेशसहित देशको आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवको योगदान रहनेमा हामी विश्वस्त छौं । महोत्सवको पनि महोत्सव भनेर लेखनाथ महोत्सवले पहिचान बनाएको छ । यो पहिचान आगामी दिनमा अझ बढ्दैजाने छ । यस पटकको महोत्सव बिगतमा भन्दा पनि अझै बढी उत्कृष्ट हुनेमा हामी आशावादी छौं । महोत्सवको उद्घाटन भव्य र शभ्य रुपमा सम्पन्न भएको छ । आगामी दिनमा पनि त्यस्तै आकर्षण कायम रहनेमा हामी विश्वस्त छौं ।
Comments are closed.