पोखरा । पोखराको लेकसाइडस्थित स्ट्रि नंं १४ तालबाराही स्कुल अगाडि होटल निवास प्रालि सञ्चालनमा आएको छ । पर्यटन लगायत व्यावसायिक क्षेत्रमा आबद्ध युवाहरुले होटलमा लगानी गरेका हुन् ।
होटलमा सुविधा सम्पन्न ४० वटा रुम छन् । ५ सय जना भन्दा बढी क्षमताको पार्टी प्यालेससहित सञ्चालनमा आएको होटलमा रेष्टुरेन्ट, पार्किङ, लिफ्ट लगायतको सुविधा पनि उपलब्ध छ । कार्यक्रमका लागि सानो हलको समेत सुविधा रहेको निर्देशक चैतन्यराम भट्टराईले जानकारी दिए । आकषर्क गार्डेन, पार्किङ तथा स्पाको सुविधा पनि उपलब्ध रहेको उनले जानकारी दिए ।
पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याइएको बताउँछन् भट्टराई । ‘पोखरा आउने पर्यटकलाई खाना तथा बासका लागि हामीले पारिवारिक वातावरणमा आतिथ्यता प्रदान गरिरहेका छौं,’ उनले भने ।
पोखरामा हुने विभिन्न पार्टी तथा कार्यक्रमका लागि होटलमा रहेको प्यार्टी प्यालेस स्तरीय तथा सुविधा सम्पन्न रहेको भट्टराईले जानकारी दिए ।
Comments are closed.