पोखरा । पर्यटकीय नगरी पोखरामा एकमात्र पाँचतारे ‘होटल पोखरा ग्राण्डी’ सञ्चालनमा छ । यहाँको आतिथ्य सत्कारको एउटा विशिष्ट पहिचान बोकेको यो होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
यसैबीच, अँङ्ग्रेजी नयाँ वर्ष २०२४लाई लक्षित गरी होटलले प्याकेज पनि सार्वजनिक गरेको छ । नेपाली पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको प्याकेज अन्तर्गत डबल (कपल) रुमको २ रात ३ दिनको २६ हजार, सिंगल रुमको १८ हजार रुपैयाँ शुल्क लाग्नेछ । प्याकेजमा ब्रेकफास्ट र गाला डिनर समावेश गरिएको छ । आउनासाथ पाहुनालाई पेय पदार्थसहित स्वागत गरिनेछ ।
बफेट ब्रेकफास्ट, न्यू इयर इभमा गाला डिनर, एअरपोर्टसम्म आउन जान सवारी सुविधा छ । पौडीपोखरी र जिमको सेवा उक्त प्याकेजमा समावेश छ । लाउण्ड्री, स्पा, खाना र पेयपदार्थमा २० प्रतिशत छुट उपलब्ध रहेको बताइएको छ ।
करिब ४५ रोपनी क्षेत्रफलमा होटल र यसको संरचना फैलिएको छ । होटलमा आधुनिक र अत्याधुनिक सेवा सुविधासहितका १४० रुम छन् । जसमा ९८ डिलक्स, २ डिलक्स स्वीट, ३८ प्रिमियम र २ प्रिमियम स्विट रुम छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस होटल पाहुनाको अत्याधिक रोजाईमा पर्ने जनरल म्यानेजर पञ्चम लामाले बताए । होटलमा १४५ जना स्टाफ कार्यरत छन् ।
Comments are closed.