काठमाडौं । युवा व्यवसायी सौरव थापा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार मनोनयन दर्ताका क्रममा आवश्यक संख्यामा मात्रै सदस्यको उम्मेदवारी परेसँगै थापा पनि सर्वसम्मत भएका हुन् ।
थापा हिमालय अर्गनाइजेसनका प्रवन्ध निर्देशक हुन् । अटोमोबाइलसहित हस्पिटालिटी र रियलस्टेट व्यवसायमा उनी सक्रिय छन् ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स गाडीको बिक्री वितरण गर्दै आइरहेको छ ।
नाडाको कार्यसमितिमा सर्वसम्मत निर्वाचित गराउन भूमिका खेल्ने सम्पूर्णप्रति थापाले आभार व्यक्त गरेका छन् । अटोमोबाइल व्यवसायको हकहितमा काम गर्न आफू सक्रिय रहने उनको प्रतिबद्धता छ ।
थापा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको कार्यसमिति सदस्यसमेत हुन् ।
Comments are closed.