सत्यदीप इन्टरनेशनलका प्रवन्ध निर्देशक मिश्र नाडामा सर्वसम्मत

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को कार्यसमिति सदस्यमा अटोमोबाइल व्यवसायी दीपेन्द्र मिश्र सर्बसम्मत निर्वाचित भएका छन् ।

स्पेयर्स पार्टस् व्यवसायमा अग्रणी कम्पनीका रुपमा स्थापित सत्यदीप इन्टरनेशनल प्रा.लि.का प्रवन्ध निर्देशक मिश्र ‘नेपाल गोल्ड’ ब्राण्डको लुब्रिकेन्ट्स र ग्रिजको उत्पादक कम्पनी युनाइटेड इन्डष्ट्रिज प्रा.लि.ले प्रवन्ध सञ्चालकसमेत हुन् ।

नाडामा आफूलाई सर्वसम्मत निर्वाचित गराउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।

व्यावसायिक हकहितका क्षेत्रमा आफ्नो सक्रियता रहने उनको प्रतिबद्धता छ ।

नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.