पोखरा । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा सञ्चालनमा ल्याएको बन्जीमा पर्यटकको आकर्षण देखिएको छ । जहाँ हिमाल हेर्दै जम्प गर्न पाइन्छ । लेक साइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको बन्जीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए ।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङखला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढेको बताउँछन् अध्यक्ष भट्टराई । ‘स्वदेशी तथा विदेशी पर्यटकहरु बन्जीका लागि यहाँ आकर्षित भएको पाएका छौं,’ उनले भने ।
नदीदेखि १०१ मिटरको अग्लो प्लेटफर्मबाट बन्जी गराइन्छ । आइएसो स्टाण्डर्डमा बन्जी निर्माण गरिएको बन्जी नेपालका जनरल म्यानेजर मिना बराल लामाले जानकारी दिइन् । अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकाले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको उनले बताइन् ।
एड्भेन्चर भएकाले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताए । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ पनि भइरहेको भट्टराईले जानकारी दिए । बन्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भएको छ । कम्पनीको सेल्स अफिस लेकसाइडमा छ ।
सन्तोष भट्टराई, अध्यक्ष, बन्जी नेपाल एड्भेन्चर्स प्रालि
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङखला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरु बन्जीका लागि यहाँ आकर्षित भएको पाएका छौं ।
मिना बराल लामा, जनरल म्यानेजर, बन्जी नेपाल एड्भेन्चर्स प्रालि
आइएसो स्टाण्डर्डमा बन्जी निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकाले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको हो ।
Comments are closed.