काठमाडौंमा इन्दिरा आईभीएफ नेपाल केन्द्र संचालनमा

काठमाडौं । भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र स्थापना गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको हो ।

इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले भनिन्, “नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ। यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। यस्तो अवस्थामा दम्पतिहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन्। सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ।”

“हाम्रो स्थायी मिशन भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु हो। दम्पतिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु हो,”  हुमागाईले टिप्पणी गरिन् ।

“नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ । व्यापक हेरचाह प्रदान गर्न, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्न र अभिभावकत्व तर्फको यात्रामा व्यक्ति र दम्पतिहरूलाई सशक्त बनाउन क्लिनिक प्रतिबद्ध छ”, इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले भने ।

२,४०० भन्दा बढी व्यक्तिहरूको समर्पित टीमको साथ भारतमा १२० भन्दा धेरै केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले प्रत्येक वर्ष भारतमा ४०,००० भन्दा बढी प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्दछ । संगठनको यस सफलतालाई प्रविधिमा गरिएको निरन्तरको लगानी, विशेषगरी असिस्टेन्ट रिप्रोडक्टरी टेक्नोलोजी (एआरटी) उपचारको क्षेत्रमा गरिएको लगानीलाई श्रेय दिन सकिन्छ।

“हामी हाम्रा सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारको लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित छौं। इन्दिरा आईभीएफयी परिवर्तनकारी आविष्कारहरू अपनाउनेमा अग्रस्थानमा छ। हाम्रो प्रतिबद्धता व्यक्तिगत उपचारमा निहित छ भने हाम्रो विश्वास नवीनतम प्रविधिमा छ जसले सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सन्चार गर्दछ। हामी दम्पतिहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्न सम्भावित हरेक अवसर प्रदान गर्ने प्रयास गर्छौं”, इन्दिरा आईभीएफका सीईओ र सह संस्थापक डा. क्षितिज मुर्दियाले भने।

इन्दिरा आईभीएफमा प्रतिबद्ध टीम उपचारका उच्चतम स्तरहरू कायम राख्न पूर्ण रूपमा प्रशिक्षित छ । उत्कृष्टताप्रतिको यो समर्पणले नेपालमा बाँझोपनको उपचारलाई रूपान्तरण गर्ने संस्थाको संकल्पलाई थप प्रकाश पार्छ। काठमाडौंमा इन्दिरा आईभीएफको स्थापनाले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ जसले नेपालका इच्छुक आमाबाबुहरूलाई प्रजनन उपचारमा असाधारण पहुँच प्रदान गर्दछ र उनीहरूको अभिभावकत्वको सपनालाई वास्तविकतामा परिणत गर्ने सम्भावना समेत प्रदान गर्दछ ।

 

lcci
You might also like

Comments are closed.