काठमाडौं । विद्युतीय गाडी निर्माता कम्पनी बिवाइडीले तिब्र रुपमा बजार विस्तार गर्न सफल भएको छ । कम्पनीले सन् २०२३ मा संसारभर ३० लाख २४ हजार ४ सय १७ वटा गाडी बिक्री गर्न सफल भएको छ । यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी हो ।
न्यु इनर्जी भेइकल बिक्रीमा बिवाइडीले डिसेम्बरमा मात्रै ३ लाख ४१ हजार ४३ वटा गाडी बिक्री गरेको छ ।
कम्पनीले २०२४ बिवाइडीको बजार बिस्तारलाई अझै ब्यापक बनाउने लक्ष्य राखेको छ ।
नेपालमा बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक हो । साइमेक्सले पनि नेपाली बजारमा बिवाइडीको बजार बिस्तारलाई तिब्र बनाउँदै लिडिङ कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।
Comments are closed.