महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालमा बिशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले हेल्थ प्याकेजमा २५ प्रतिशत, रुटिन टेष्टमा २५ प्रतिशत, आउटसोर्स टेष्टमा १० प्रतिशत, कोभिड -१९ आरटी पिसिआरमा १ हजार रुपैयाँ र कोभिड- १९ र्यापिड एन्टिजेन टेष्टमा ७५० रुपैयाँ छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

lcci
You might also like

Comments are closed.