काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । क्याम्प पुस २४ देखि २६ गतेसम्म चल्ने छ ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पपुर्याउन जरुरी भएकोले सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरुले लक्की ड्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्नसक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले५० प्रतिशत छुट पाउनेछन् तथा पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
Comments are closed.