अपाङ्गताका क्षेत्रमा काम गर्न करुणा फाउण्डेसन र खिम्जीदेम्बा गाँउपालिकाबीच सम्झौता

काठमाडौं । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र खिम्जीदेम्बा गाँउपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतामा फाउण्डेसनको तर्फबाट फाउण्डेसनका सह निर्देशक दिनेश ढकाल र गाउँपालिकाको तर्फबाट अध्यक्ष गम्बु शेपाले हस्ताक्षर गरेका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुरु गरेको कार्यक्रम अन्तर्गत अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत सम्झौता गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष शुशिला तामाङ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश सदस्य गोपालमान थापा, प्रमुख प्राशासकिय अधिकृत रमेश सुनुवार, वडा अध्यक्ष डिल्ली राम बस्नेत लगायतले बोलेका थिए ।

यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने फाउण्डेसनका सहनिर्देशक दिनेश ढकालले जानकारी दिए ।

कोशी प्रदेशका सात जिल्लाहरूका ७८ स्थानीय तहहरूमा प्राप्त उपलब्धि र सिकाइका आधारमा थप स्थानीय तहहरूमा कार्यक्रम विस्तार गर्न लागिएकोे हो । । कोशी प्रदेशको इलाम जिल्लाबाट सुरु भएको कार्यक्रम पहिलो चरणमा सुनसरी, मोरङ र धनकुटाका केही स्थानीय तहमा कार्यक्रमको सुरुवात गरेको छ । त्यस्तै भोजपुर, सङ्खुवासभा, पाँचथरमा समेत कार्यक्रमको सुरुवात भएको छ हाल उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका स्थानीय तहमा माघ १ गतेदेखि कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा तथा उदयपुरका १७ वटा पालिकामा सम्झौता भइसकेको छ भने १७ पालिकामा छिट्टै सम्झौता गरिने जनाइएको छ । जस मध्ये ओखलढुङ्गाको चिशंखुगडी गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिका, माप्या दुधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दुधकुण्ड नगरपालिका, खोटाङको बराहपोखरी, हलेसी दुवाचुङ, तथा उदयपुरका बेलका नगरपालिका, चौदन्डी गढी नगरपालिका र कटारी नगरपालिका,  मोलुङ गाउँपालिका, त्रियुगा नगरपालिका, नेचा सल्यान गाउँपालिका, रौतामहि गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, दिक्तेल रुपाकोट मजुवागढि नगरपालिकामा सम्झौता सम्पन्न भएको छ ।

 

lcci
You might also like

Comments are closed.