‘नेटा भि’ को मेगा एक्स्चेन्ज क्याम्प

काठमाडौं । सिजि मोटर्स प्रा. लि. ले विद्युतिय सवारी साधन नेटा भि को बजार प्रवद्र्धनका लागि मेगा एक्स्चेन्ज क्याम्पको आयोजना गरेको छ ।

काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको यस क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनीले जनाएको छ ।

स्वीच टु द प्योर इभी नारा दिइएको  क्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कुरा कम्पनीद्वारा जारि प्रेस बिज्ञप्तिमा उल्लेख छ । यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको छ ।

नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टी रहेको छ जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भि को प्रयोग गर्न सक्छन् । यसका साथैे यसमा रहेको HEPT २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढि चिसो हुन दिदैन ।

नेटा भी हाल नयाँ ५० कि. वा. को]  LFP ब्याट्रि सहित शोरुमहरुमा उपलब्ध छ ।]  LFP ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा उहि ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ । यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।

 

You might also like

Comments are closed.