पोखरा । नेपालको पहिलो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीबीए, बीबीए बीआईको अध्ययनका लागि आएका पहिलो सेमेस्टरका विद्यार्थीलाई स्वागत् गरिएको छ । बीबीए, बीबीए बीआईका तेश्रो सेमेस्टरका विद्यार्थीले उनीहरुलाई नृत्य, क्वीज कन्टेस्ट, मिस्टर तथा मिस फ्रेसर लगायतका कार्यक्रमसहित स्वागत गरेका हुन् । उनीहरुलाई कलेजका अध्यक्ष अशोक पालिखे तथा प्रिन्सिपल प्रकाश रेग्मीले फूलमाला र मायाको चीनो दिदैं स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष पालिखेले रोजगार वा स्वरोजगार, आत्मनिर्भर बन्न र अरुलाई पनि रोजगारी दिने शिक्षा लिन आएकोमा विद्यार्थीलाई स्वागत् तथा अभिभावकलाई आभार व्यक्त गरे ।
सन १९९९ मा स्थापना भएको होटलम्यानेजमेन्ट कलेजमा अध्ययन गर्न पाउनु सुअवसर पनि हो । किनभने यही विषय पढ्न अब विदेश गएर महंगो रकम खर्च गर्नु पर्दैन, अध्यक्ष पालिखेले भने ।
पोखरालाई, शिक्षा, पर्यटन र स्वास्थ्यको हबको रुपमा विकास गर्ने मान्यता सबेैमा भएपनि पूर्णता पाएको छैन । तर हामीले भविष्य देखेरै कलेज खोल्यौं । कलेजमा अहिले त फाईप स्टार होटलको जत्तिकै ल्यावहरु छन् ।
सैद्धान्तिक ज्ञानसंगै विद्यार्थीले व्यवहारिक दक्षता हासिल गरिरहेका उनले बताए । अहिलेसम्म कलेजमा अध्ययन गरेकाहरु १३ सय विद्यार्थी कोहि पनि बेरोजगार भएर बस्नु नपरेको बताए । हामीले हाम्रै जनशक्तिलाई केहि हदसम्म भएपनि स्वदेशमा अडिने वातावरण तयार गर्न सक्यौ भन्ने लागेको छ ।
पालिखेले अबका चार वर्ष धैर्यवान भएर अध्ययन गर्न विद्यार्थीलाई सल्लाह दिए । अध्ययनको क्रममा कके को आवश्यक्ता पर्छ त्यसका बारेमा फेकल्टि कोअर्डिनेटर वा प्रिन्सिपल प्रकाश रेग्मी सरलाई भेटेर मलाई पनि निर्धक्कले आफ्ना कुरा राख्न आग्रह गरे ।
अहिले विद्यार्थीहरु लाखौं खर्च गरेर विदेश जाने र त्यहाँ काम नपाएका, सिप नभएर अलपत्र परेका र सडकमा बस्नु परेका दुःखद् खबर र फोटोहरु देख्नमा आएका छन् । उनीहरुमा नैरास्यता भएको हामीले पाएका छौं । यो अवश्था नआवस् भन्ने कलेजको चाहना हो । त्यसैले तनमन लगाएर अध्ययन र व्यवहारिक सिकाईलाई अब्बल बनाउनुस् विदेशको जस्तो कमाई यहीं हुन्छ । कलेजमा सिनियर व्याचका विद्यार्थीले जुनियर व्याचका विद्यार्थीलाई माया गर्ने, स्वागत, सम्मान गर्ने संस्कार रहेको र यसलाई जिवन्त बनाईरहन उनले सुझाए ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीलाई कार्यक्रम आयोजना गरेकोमा वधाई दिए । उनले कलेज स्थापनाको २५औं वर्षको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको बताए ।
कलेजमा वार्षिक रुपमा गर्ने यो पनि विद्यार्थीले नै आयोजना गर्ने एक मेगा इभेन्ट हो । पहिलाभन्दा विद्यार्थीहरुमा अझैं फरकपन देखिएको छ । उनीहरुमा कर्याकुशलता, अनुशासन र आतिथ्यताका लागि राम्रो गरिरहेका छन् ।
पढाईसंगै धेरै इभेन्टस्मा विद्यार्थीलाई सहभागि गराउन जरुरी हुन्छ । यस्ता इभेन्ट्सले उनीहरुको चौतर्फि विकासमा सहयोग पुर्याउछने प्रिन्सिपल रेग्मीको भनाई छ । उनले अघिल्लो हप्ता मात्रै स्पोर्टस् मिट गरेको र होटल ग्राण्डमा विद्यार्थीका लागि ओरियन्टेशन गरेको बताए ।
शनिबार कलेजमा फुड फेस्बिल हुँदै
शनिबार पुस २८ गते कलेजमा फुड फेस्बिल हुने रेग्मीले जानकारी दिए । जो बीएचएम पाँचौं सेमेस्टरका विद्यार्थीले आयोजना गर्दैछन् । विभिन्न किसिमका खानाका परिकारहरुको स्टलहरु रहने, ककटेल, मकटेल, पेयपदार्थहरु, प्लेयरिङ, सोभनियर लगायतका स्टल रहनेछन् ।
कार्यक्रममा एकल तथा समूहगत सांगीतिक कार्यक्रम र काठमाडौंबाट आउने रकहेडस् व्याण्डको विशेष प्रस्तुति रहने भएको छ । कार्यक्रममा २ हजारको संख्यामा उपस्थिति हुने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष १८ को सहभागिता रहेको थियो ।
फुड फेस्टिबल विद्यार्थीले नै आयोजना र व्यवस्थापन, खर्चको जोहो सबै उनीहरुले गर्छन् । उनीहरुले टीकट बेच्ने र स्पोन्सर उठाएका । मात्र हामीले फेसिलेट गरिदिन्छौ । करिब १० लाखको वजेटको अनुमान गरिएको छ । केहि स्पोन्सरहरु रहेका छन् । यसबाट रकम बच्यो भने विद्यार्थीले अध्ययन भ्रमण गर्ने र सामाजिक कार्यमा सहभागिता जनाउने छन् । यो किनभने विद्यार्थी पढेर बैंक वा होटलहरुमा जागि मात्र नखाई भव्य इभेन्ट्सहरु गर्न सकुन भन्ने पनि हो । यसैमा पनि उनीहरुले करियर बनाउन सक्छन् ।
फुड फेस्टिबलकी संयोजक बीएचएम पाँचौं सेमेस्टरकी सलीना थापाले टीमवर्कमा रहेर काम गरिरहेको र कामको जिम्मेवारि बाँडेर तयारी गरेको बताईन । हामीले अग्रज विद्यार्थी दाजु, दिदिहरुको कामबाट पनि सिकेर, कलेजमा सिकेका कुराहरुलाई प्रयोगमा ल्याउन सघाउने बताईन । उनले खानाका परिकारहरु १० भन्दा बढी हुने बताईन् । कार्यक्रममा नेवारी लाखे नाच र कहि खेलहरु प्नि समावेश गरिएको बताईन् ।
यसअघि कार्यक्रममा सहभागि भएका विद्यार्थी, शिक्षक, पाहुनाहरुलाई विद्यार्थी निश्चलता जोशीले स्वागत गर्दै अग्रजलाई सम्मान गर्ने र नयाँ आउनेलाई भातृत्वप्रेमले स्वागत गर्ने परिपाटी कलेजमा रहेको बताईन् । उनले सहअस्तित्व, सहभाव, शैक्षिक तथा व्यवहारिक वातावरणमा अध्ययन गर्न पाउनु साभाग्यको कुरो भएको बताईन् । कार्यक्रम सदीक्षा राना तथा अनिल सुवेदीले संचालन गरेका थिए ।
Comments are closed.