स्याङजा । स्याङजाको आधिखोलामा निःशुल्क दन्त शिविर हुने भएको छ । आगामी माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए ।
नेलम्बो नेपालको सहकार्यमा हुने शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकाबासीहरु लाभान्वित हुने पालिकाले विश्वास लिएको छ ।
शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण हुनेछ ।
दैनिक ६० देखि ७० जना सेवाग्राहीलाई मात्र सेवा उपलब्ध गराउन सकिने हुँदा समयमा नै उपस्थित भएर निःशुल्क सेवा लिन अध्यक्ष पौडेलले आग्रह गरेका छन् ।
‘गाउँ बस्तीमा पुग्दा होस् वा अन्य समयमा भेटहुँदा प्राय दाँतको समस्या सुनिन्थ्यो । विशेष गरी बृद्ध बुबा आमाहरूले दाँत सम्बन्धी समस्या रहेको बताइरहनु हुन्थ्यो । दाँतको उपचार पद्धति अलि जटिल र महंगो रहेको गुनासो पनि सुनिएकाले यसपल्ट पालिकामै ५ दिनसम्म नेलम्बो नेपालको सहकार्य र सहयोगमा विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत् दन्त शिबिर आयोजना गरेका छौं,’ उनले भने
Comments are closed.