भीम केसी, सचिव, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ
म स्थापनाकालदेखि नै हेभी इक्विपमेन्ट व्यवसायी संघमा आवद्ध छु । संस्थापक सदस्यबाट प्रवेश गरेको हुँ । संस्था दर्ता गर्ने कामका लागि हामी सबै लाग्यौं र सफल भयौं । त्यसपछि म सहकोषाध्यक्ष भएँ । अहिले सचिवको कार्यभार सम्हालिरहेको छु । हालसम्म संघको विभिन्न जिम्मेवारीमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण व्यवसायी साथीहरुप्रति आभारी छु ।
हामी सधैं व्यावसायिक हकहितका क्षेत्रमा सक्रिय छौं । भूकम्प, नाकाबन्दी, कोभिड, जस्ता विपत्तीको समयमा संस्थामा आवद्ध सदस्यलाई सहयोग गर्दै हामी अगाडि बढ्यौं । सदस्यको साथमा रहेर सदस्यको हित हुने काम गरेका छौं । संस्थाका लागि आवश्यक पर्ने आर्थिक, भौतिक, नैतिक सबै खालका सहयोग हामी सबैले गरेका छौं । जुन प्रक्रिया आगामी दिनमा पनि जारी रहनेछ ।
यसैबीच, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघको आठौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । अहिले बजारमा देखिएको मन्दी र त्यसको असरलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा हामीले साधारण सभामा विशेष छलफल गरेका छौं । व्यवसायीको हकहित र व्यवसाय चलायमान हुनका लागि विशेष योजना बनाएका छौं । साधारणसभामा यस विषयमा गहन छलफलसहित सुझाव दिने सम्पूर्ण व्यवसायी साथीहरुमा प्रति अभारी छु ।







Comments are closed.