काठमाडौं । शैक्षिक परामर्श संघ, नेपाल (एप्क्यान)को अध्यक्षमा प्रज्वल बस्नेत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रथम साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । यस अगाडि तदर्श समितिको संयोजक पनि बस्नेत नै थिए ।
संघको उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार बस्नेत, महासचिवमा अनिल शर्मा पौडेल, सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने निर्वाचित भएका छन् । सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं निर्वाचित भएका छन् ।
परामर्श व्यवसायीहरुको हकहितमा काम गर्ने लक्ष्यसहित संस्था अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष बस्नेतले प्रतिबद्धता जनाएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
Comments are closed.