हेभी इक्विपमेन्ट व्यवसाय प्रत्यक्ष रुपमा निर्माण क्षेत्रसँग जोडिएको व्यवसाय हो । पछिल्लो समय निर्माणका काम खासै भएका छैनन् । केही काम भएपनि निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाएको अवस्था छ । भुक्तानी नपाएपछि काम अघि बढाउन पनि समस्या हुन्छ । निर्माणका काम नभएपछि हेभी इक्विपमेन्टको पनि काम हुँदैन । यतिबेला अर्बौं रुपैयाँ लगानी भएका इक्विपमेन्ट थन्किएर बसेका छन् ।
एक जना इक्विपमेन्ट व्यवसायीले करिव १० जना निर्माण व्यवसायीको काम धान्नसक्ने अवस्था छ । ती इक्विपमेन्टलाई विकास निर्माणको काममा प्रयोग गर्न नसक्नु बिडम्बना हो । निर्माण व्यवसायीलाई मेरो आग्रह के छ भने निर्माणका कामका लागि आवश्यक पर्ने इक्विपमेन्ट नकिन्नुस् तपाईंहरुलाई आवश्यक पर्ने हरेक इक्विपमेन्ट हामी उपलब्ध गराउँछौं । यसो गरेमा इक्विपमेन्ट पनि प्रयोगमा आउँछ र व्यवसायीले धेरै लगानी गरेर इक्विपमेन्ट किन्नुपनि पर्दैन ।
कोभिड पछि विभिन्न कारणले ७५ प्रतिशत मार्केट डाउन छ । २५ प्रतिशत मात्र काम भएको अवस्था छ । यही अवस्था रहिरहेमा व्यवसायी पलायन हुने क्रम पनि बढ्छ । व्यवसायीलाई बैंकको ब्याज तथा किस्ता धान्न पनि समस्या छ ।
अब सरकारले निर्माण व्यवसायीलाई तत्काल काममो भुक्तानी दिने र नयाँ नयाँ परियोजना अगाडि बढाउनुपर्छ । विकास निर्माणले गति लिएमात्रै देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।







Comments are closed.