नेपालमा मन्दी शुरु भएपछि चोरी पैठारी झनै बढेको छ

दीपेन्द्र मिश्र, प्रवन्ध निर्देशक, सत्यदीप इन्टरनेशनल एवं कार्यकारिणी सदस्य, नाडा

अवैध रुपमा आउने सामान कन्ट्रोल गर्नुपर्ने ठाउँमा सरकारले भन्सार तिरेर आउने सामानमा बढी ध्यान दिएको पाइन्छ । अवैध रुपमा भित्रिने सामानको निगरानी गर्नका लागि सुरक्षा बल थप्नुपर्छ । वा कसरी सुरक्षा व्यवस्था कडा गर्ने हो त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ । चोरी पैठारी रोक्नतर्फ सरकार लाग्नुपर्छ ।

नेपालमा मन्दी शुरु भएपछि चोरी पैठारी झनै बढेको छ । उपभोक्तासँग क्रय शक्ति कम भयो । चोरी पैठारीबाट ल्याएको सामान केही सस्तोमा बिक्री हुन्छ । उपभोक्ताले पनि सस्तोमा सामान पाइयो भनेर त्यस्तो सामान किन्ने गरेको पाइन्छ । चोरी पैठारीका सामान भित्रिदा राज्यले धेरै राजश्व गुमाइरहेको छ । कोभिडको समयमा जसरी बोर्डर टाइट भएर आवात जावत रोकिएको थियो अहिले पनि बोर्डरलाई त्यस्तै टाइट गरेर चोरी पैठारी रोक्नुपर्छ ।

स्पेयर्स पार्टसको व्यवसायमा पहिलो समस्या भनेको चोरी पैठारी नै होे । उपभोक्ता आफै भारत गएर सामन ल्याउने, उतै लगेर बनाउने क्रम पनि बढी छ । राजस्व उच्च भएको हुनाले मूल्य पनि बढी पर्न आउँछ । नेपालमा त्यसैले उपभोक्ता सस्तो खोज्नका लागि जाने गरेको पाइन्छ । सबै फर्मल रुपमा बिजनेश गर्नका लागि सरकारले राजश्व दर घटाउनुपर्छ । राजश्व दर बढ्दै गयो भने चोरी पैठारी झनै मौलाउने छ ।

कोभिड पछि आएको मन्दीले हामीलाई पनि धेरै असर गरेको छ । अहिले पनि खासै सुधार भएको छैन । अब भने केही सुधार हुन्छ कि भन्ने आशा लागेको छ । अबको समयमा विकास निर्माणका कामले कत्तिको गति लिन्छन् त्यसमा नै भर पर्छ व्यवसाय कस्तो हुने भन्ने कुरा ।

चोरी पैठारीबाट सामान आउँदा व्यवसायीहरु मर्कामा

You might also like

Comments are closed.