झम्सिखेलमा एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा

डिलर बिस्तारमा आक्रामक बन्दै एथर

काठमाडौं । झम्सिखेलमा वैद्य एनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम शुभारम्भ गरेको छ । शनिबार एक कार्यक्रमकाबीच शोरुमको शुभारम्भ गरिएको हो ।

एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले ललितपुरको झम्सिखेलमा दोश्रो शोरूम संचालनमा ल्याएको हो ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुने पहिलो सर्भिस सेन्टर पनि गत साताबाट संचालनमा ल्याएको छ ।

झम्सिखेलको शोरूम लगत्तै फाल्गुन भित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम(एक्सपेरियन्स सेन्टर) संचालनमा आउने बताइएको छ ।आगामी ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा आउने छ ।

चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । काठमाडौं बाहिर (पोखरा, चितवन, बुटवल र इटहरी)मा शोरूम संचालनसंगै उक्त स्थानहरुमा ४ बटा फास्ट चार्जर राखिने बताइएको छ ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ । एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ ।

You might also like

Comments are closed.