सरकारको अस्थिर नीतिको शिकार निजी क्षेत्र हुनुपरेको छ

पंकज अग्रवाल, सहकोषाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

राज्यको नीतिका कारण अटोमोबाइल व्यवसाय ध्वस्त बनेको छ । नीतिगत सुधारका लागि हामीले राज्यसँग लविङ गर्नु आवश्यक छ । सबै एकढिक्क भएर अगाडि बढेपछि हरेक कुराको वातावरण बन्छ । सबै व्यवसायीमा अब केही हुन्छ भन्ने आशा जागेको छ । नाडा व्यवसायीको हकहितका लागि लड्न तयार रहेछ भन्ने सन्देश पनि प्रवाह भएको छ ।

नेपालले इभीलाई प्रमोट गर्न खोजेको छ, तर स्थिर नीति आयो भने मात्रै प्रमोट हुनेछ । राजश्व कम उठिरहेको छ भन्ने पनि सुनिन्छ । राजस्वलाई टार्गेट गरेर इभीमा राजस्वको दर बढाउने हो भने फेरी इभी प्रमोटको कुनै अर्थ रहने छैन । सुरुदेखि नै लङटर्म नीति लिनुपर्नेमा सरकारको अस्थिर नीतिको शिकार निजी क्षेत्र हुनुपरेको छ ।

म स्पेयर पार्टस व्यवसायी हुँ । रिटेल काउन्टरहरुसँग मेरो राम्रो सम्वन्ध छ । उहाँहरु पनि पीडित हुनुहुन्छ । कुनैपनि कुराको आक्रमण सिधै रिटेल काउन्टरबाट नै हुन्छ । मन्दीले व्यवसायी समस्यामा छन् । नाडाले अब केही गर्छ भन्ने आशापनि उहाँहरुमा छ । हामी अब एकताको भावनासहित व्यासायिक हितमा लाग्नुपर्नेछ ।

कोरोनाकालमा भएको स्मार्ट लकडाउनमा हामीले नेपालको व्यापार पाएका थियौं । कारण बोर्डरबाट अवैध रुपमा सामान आउँदैनथ्यो । बोर्डरमा रहेका नेपालीले सवारी साधन प्राय भारत लगेर बनाउँछन् । स्पेयर पार्टस, मेकानिक सबै भारतीय । न त नेपालमा स्पेयर पार्टसको बिक्री भयो न त नेपाली मेकानिकले काम नै पाए । अवैध रुपमा पार्टस भित्रिने गरेकोमा हामी धेरै दुखी छौं । यसलाई रोक्न राज्य लाग्नुपर्छ । अवैध रुपमा सामान भित्रिदा राजश्व गुम्नुका साथै जेन्युन व्यवसायीलाई समस्या भएको छ । जतिसुकै सानो व्यवसाय भएपनि कम्तिमा ५ जनालाई रोजगारी दिएका छन् । रोजगारी पनि गुमिरहेको छ । र, सरकारले स्पेयर पार्टको आयात सहज बनाइदिनुपर्छ । मूल्याङ्कनको वाहनामा व्यवसायीलाई दुःख दिनुहुँदैन । कुराकानीमा आधारितः

You might also like

Comments are closed.