काठमाडौं । भेष्पा र अप्रिलिया खरिदमा सहज रुपमा फाइनान्स सुविधा पाइने भएको छ । भेष्पा र अप्रिलियाको नेपालको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि.ले आफ्ना ग्राहकलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ ।
ग्राहकले स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सक्ने र सो कर्जाको भुक्तानी अवधि ६ देखि २४ महिनासम्म रहनेछ कम्पनीले जनाएको छ । यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहने डेल्टा अटोकर्प प्रा.लि.का सि.इ.ओ. तथा निर्देशक विजय महत्तोले जानकारी दिए ।
‘डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्गहरुप्रति समर्पित छ । सरल फाइनान्स सुविधा उपलब्ध गराउने गरी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गर्न पाउँदा खुसी छौं । यसबाट हाम्रा ग्राहक लाभान्वित हुनुहुनेछ,’ उनको भनाइ छ ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुरले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधा प्रदान हुने प्रतिबद्धता जनाए ।
Comments are closed.