उवासंघ काठमाडौं अन्तर्गतको कृषि, पर्यटन तथा उद्योग समितिलाई पूर्णता

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गतको कृषि, पर्यटन तथा उद्योग समितिलाई पूर्णता दिइएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले समितिलाई पूर्णता दिएका हुन् ।

समितिको सभापतिमा संघका सह–कोषाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य नानिराज घिमिरे छन् । सहसभापतिमा नेपाल समुन्द्र निकासी पैठारी संघका कर्यसमिति. सदस्य रामचन्द्र खेतान नियुक्त भएका छन् ।

समिति अन्तर्गत कृषि उपसमिति, पर्यटन उपसमिति र उद्योग उपसमिति गठन गरिएको छ ।

उद्योग समिति अन्तर्गत सदस्यहरुमा रामचन्द्र खेतान, होमनाथ उपाध्याय, कुमार तिमिलसिना, विश्व नाथ खनाल, अजय सिंह कार्की, हरिप्रसाद भण्डारी, धुर्व गौत्तम, विजय अधिकारी छन् ।

कृषि उपसमितितर्फ अजित बजगाईं, सरोज श्रेष्ठ, हिरामणि शर्मा र अनिस अग्रवाल छन् ।

त्यस्तै, पर्यटन उपसमितितर्फ गंगा प्रसाद नेपाल, केदार नाथ कट्टेल, कृष्णबहादुर सुवेदी, शिवप्रसाद पौडेल र ऋषिराम अर्याल नियुक्त भएको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।

मनोनित भएका सम्पूर्णलाई मनोनयन पत्र वितरण गरिएको छ । समितिको बैठकमा नेपालको उत्पादन क्षेत्र विकास र प्रवद्र्धन गर्नेबारे बृहत छलफल समेत भएको महासचिव श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.

Secret Link