इन्फोडेभलपर्स मोबाइल बैंकिङ एपको योजना ‘अब टप अपमा उपहार’

काठमाडौं । इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपको नयाँ योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ शुरू गरेको छ । यस योजना अन्तर्गत सहकारीरलघुवित्तका सदस्यहरुले आफ्नो सहकारीरलघुवित्तको मोबाइल बैंकिङ एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टपअप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन्।

यस योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषित गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स , खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड्स रहेको छ। यो योजना ३१ चैत्रमा समाप्त हुनेछ। यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली-मोबाइल बैंकिङको फेसबुक पेज मार्फत घोषणा गरिने बताइएको छ।

यस योजनाबाट सहकारीरलघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ, साथै सदस्यहरूलाई मोबाइल बैंकिङको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ प्रमुख विदित वाग्लेले जानकारी दिए ।

त्यसैगरी, यो योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ एपको प्रयोगमा वृद्धि हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीले बताए।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रा। लि।, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ एप तथा स्वचालित कार्यालय सन्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो। नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा हाल ३५० बढी कर्मचारीहरुले काम गरिरहेका छन् ।

You might also like

Comments are closed.