हेभी इक्विपमेन्ट व्यवसायीको समस्याप्रति के भन्छन् सरोकारवालाहरु ?

पवन प्रजापती, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

हेभी इक्विपमेन्ट व्यवसायी संघ कास्की पोखरा उद्योग वाणिज्य संघको वस्तुगत संघ पनि हो । हेभी इक्विपमेन्ट व्यवसायी संघ र पोखरा उद्योग वाणिज्य संघबीचमा सहकार्य हुँदै आइरहेको छ । आगामी दिनमा पनि पोखरा उद्योग वाणिज्य संघ हेभी इक्विपमेन्ट व्यवसायीसँग सहकार्य गरिरहने छ ।

विकास निर्माणको काम नभएका कारण हेभी इक्विपमेन्ट व्यवसायीलाई समस्या परेको छ । बैंकको किस्ता तथा ब्याज समेत तिर्र्न नसक्ने अवस्था छ । सरकारले पुँजीगत खर्च गर्नुप¥यो, विकास निर्माण तथा पुर्वाधार विकासका कामलाई प्राथमिकता दिएर काम अगाडि बढाउनु प¥यो भन्ने हाम्रो माग हो । विकास निर्माणका काम तिव्र गतिमा भएमा हेभी इक्विपमेन्ट व्यवसाय पनि चलायमान हुन्छ । विकास निर्माणका काममा हेभी इक्विपमेन्ट नभई नहुने सामान हो । विकास निर्माणका कामले गति लिएसँगै हेभी इक्विपमेन्ट व्यवसायमा सुधार आउनेछ ।

केदार पौडेल, सल्लाहकार, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ

अहिले समग्रमा हेर्ने हो भने सबै खालका यातायात व्यवसाय विभिन्न समस्याबाट ग्रसित छन् । सरकारी पोलिसीले अहिले निर्माणको काम ठप्प भएकाले हेभी इक्विपमेन्ट व्यवसाय झनै मारमा परेको छ । हेभी इक्विपमेन्ट प्रयोग हुने भनेको निर्माणका काम तथा पुर्वाधार बिस्तारमा हो । सरकारले पुर्वाधारका लागि बजेट नै बिनियोजन गरेको छैन । गरेकोमा पनि सहि तरिकाले निकासा गरेको छैन । विकास निर्माणका काम भएका छैनन् । यही अवस्था रहने हो भने हेभी इक्विपमेन्ट व्यवसाय ठप्प हुन्छ ।

नगन्य मात्रामा मात्र हेभी इक्विपमेन्ट प्रयोग भएका छन् । पहिला जति हेभी इक्विपमेन्ट प्रयोग हुन्थे अहिले त्यसको २५ प्रतिशत पनि प्रयोग भएका छैनन् भन्ने मेरो अनुमान छ । अहिले करिव ८० प्रतिशत क्रसर उद्योग बन्द भइसकेका छन् जहाँ हेभी इक्विपमेन्टको प्रयोग हुन्छ ।

व्यवसायीले बिकराल समस्या भोग्नुपरेको अवस्था छ । सरकारले व्यवसायीमैत्री पोलिसी बनाउनु आवश्यक छ । सरकार संवेदनशील भएर लाग्नुपर्छ । हेभी इक्विपमेन्ट व्यवसायीले समस्या समाधानका लागि सरकारलाई दवाव दिनुपर्छ ।

लिलाधर बराल, सल्लाहकार, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ

सरकारबाट भएका निर्माणका कामले पूर्ण रुपमा गति लिन नसकेको अवस्था छ । आर्थिक मन्दीका कारण निजी घरहरु पनि खासै बनेका छैनन् । घर निर्माणमा कमि आएको छ । निर्माण सम्पन्न भइसकेका प्रोजेक्टको पनि निर्माण व्यवसायीले भुक्तानी नपाएको अवस्था छ ।

निर्माण उद्योगले गति लिन नसकेको कारण हेभी इक्विपमेन्ट व्यवसायीलाई समस्या छ । सरकारका तर्फबाट हुने निर्माणका काम सुचारु हुने र समयमा भुक्तानी पाउने हो भने यस व्यवसाय चलायमान हुन्छ । यसतर्फ सरकार लगायत सरोकारवाला सबैको ध्यान जान आवश्यक छ ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.

Secret Link