‘प्रथम ज्ञान चक्षु जिल्ला ब्यापी तेक्वान्डो प्रतियोगिता’ सम्पन्न

काठमाडौं । ज्ञान चक्षु सेकेण्डरी स्कुलको आयोजनामा ‘प्रथम ज्ञान चक्षु जिल्ला ब्यापी तेक्वान्डो प्रतियोगिता’ सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका ७ मा रहेको स्कुलद्वारा आयोजित प्रतियोगितामा १५ वटा विद्यालयका २३६ जना खेलाडीको सहभागिता थियो ।

प्रतियोगिताको समापनका अवसरमा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री प्रकाश शरण महतले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न प्रतियोगिताहरु सहयोगी हुने बताए ।

स्कुलका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन, वडा सदस्य सावित्रा ढकाल भट्टराई, नेकपा एमालेका नेता नारायण भाई श्रेष्ठ, नेपाल तेक्वान्डो संघ काठमाडौंका अध्यक्ष बिक्रम खड्गी लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.