वीरगन्ज । दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८० फागुन २ गतेबाट हुँदैछ । बुधबार एक कार्यक्रमबीच एक्स्पोको उद्घाटन हुनेछ ।
‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ नाराका साथ १३ वटा कम्पनीहरुको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।
वीरगन्जस्थित भारतीय दुतावासको नजिक हुने एक्स्पोबाट वीरगन्ज आसपासका बासिन्दाहरु लाभान्वित हुने आयोजकको विश्वास छ । एउटै छानामुनी दर्जन भन्दा बढी कम्पनीका हजारौं मोडलका जुत्ता चप्पल सस्तो मूल्यमा उपभोक्ताले खरिद गर्न सक्ने आयोजकको भनाइ छ ।
एक्स्पोमा बोस, शिखर, हिमाल, आइडल, हाइलाइफ, सिल्स, बेल्ली, शुल्याण्ड, बाम्बो, हिमाली कलेक्सन, वान वर्ल्ड, प्राइड स्वदेशी, भेनस ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा हुनेछन् ।

बजारमा उपलब्ध नयाँ मोडलका जुत्ता चप्पल पनि एक्स्पोमा उपलब्ध हुनेछ । ‘बजार मूल्य भन्दा सस्तोमा मेलामा जुत्ता चप्पल खदि गर्न सकिनेछ,’ आयोजक मध्येका एक सबिन कार्कीले भने । एक्स्पो अवधीभर जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराइउने उनले जानकारी दिए ।






Comments are closed.