घरघरमा हाइलाइफ क्याम्पियन, उपहार जित्ने अवसर नै अवसर

काठमाडौं । हाइलाइफ फुड्सले ‘घरघरमा हाइलाइफ’ योजना सार्वजनिक  गरेको छ । हाइलाइफका हरेक उपभोक्ता यो योजनामा सहभागी भइ उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

हाइलाइफका कुनै पनि प्रडक्टको प्रयोग गरी तयार पारिएको रेसिपी सामाजिक सञ्जालमा सेयर गरी ययोजनामा सहभागी हुन सकिनेछ । योजना सहभागी भइ पहिलो बिजेताले ५० हजार रुपैयाँ नगद जित्न सक्नेछन् । त्यस्तै दोस्रो बिजेताले ३० हजार रुपैयाँ र तेस्रो बिजेताले २० हजार रुपैयाँ नगद जित्न सक्नेछन् । त्यस्तै अन्य उपहार पनि जित्न सकिने जनाइएको छ । अन्य ७ जनाले ५ हजार बराबरको गिफ्ट जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुन हाइलाइफको फेसबुक पेजलाई फलो गर्नुपर्नेछ । त्यस्तै कुनै पनि हाइलाइफ प्रडक्टका रेसिपी भिडियो बनाएर सेयर गर्नुपर्नेछ । सेयर गरिएको भिडियोलाई #gharkoswaad, #hilifekitchestories #ghargharmahilife मा ट्याग गर्नुपर्नेछ । यो योजनामा सहभागी भइ उपहार जित्न हाइलाइफले सम्पूण ग्राहकमा अनुरोध गरेको छ ।

नेपाली बजारमा एफएमसिजि प्रडक्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हाइलाइफ फुड्सले उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न अफरहरु ल्याउँदै आइरहेको छ ।

हाइलाइफले नेपाली बजारमा चिउरा, सोयाबिन मस्यौरा, वट्स, चोकोज, कर्नफ्लेक्स, मुस्ली, मल्टी ग्रेन नगेट्स, पास्ता, जाम, केचप, चिया सिड्स, टि, आँटा, बेसन, स्न्याक्स लगायत थुप्रै प्रडक्टहरु बजारमा उपलब्ध छन् ।

You might also like

Comments are closed.