काठमाडौं । एटिक ग्रुप प्रा.लि.को सेवामा सांग्रिला डेभलपमेन्ट बैंका ग्राहकले विशेष छुट पाउने भएको छ । उक्त सम्झौता पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।
‘सांग्रिला डेभलपमेन्ट बैंकसँग साझेदारी सुरु गर्न पाउँदा उत्साहित भएका छौं,’ एट्रिक ग्रुपका एचआर तथा बिजनेश डेभलपेमन्ट हेड सदिक्षा ओझाले भनिन्, ‘एटिक ग्रुपबाट प्रदान हुने हस्पिटालिटी सेवाबाट ग्राहकहरु लाभान्वित हुने विश्वास लिएका छौं ।’
ग्रुपका महाप्रवन्धक सन्दिप थापाले एट्रिक ग्रुपको आतिथ्यताबाट साँग्रिला बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सांग्रिला डेभलपमेन्ट बैंकका क्लस्टर प्रबन्ध सुप्रिया श्रेष्ठले हस्पिटालिटी क्षेत्रमा प्रशिद्ध ग्रुप एट्रिक ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् ।
Comments are closed.