बन्दिपुरमा बढ्दैछ पर्यटकको चहलपहल

बन्दिपुर । कोरोना महामारीसंगै सुस्ताएको बन्दिपुरको पर्यटनमा सुधार आउन थालेको छ । पर्यटकको चहलपहल बढ्न थालेको छ । पहाडकी रानी नामले चिनिने बन्दिपुर साँच्चै सुन्दर छ ।

पहाड माथि रहेको यो बजार ऐतिहासिक, प्राकृतिक, धार्मिक अनि सांस्कृतिक हिसाबले अब्बल मानिन्छ । यहाँबाट देखिने हिमश्रृङ्खला अनि मर्स्याङ्दी नदी बेसीको मनोरम दृश्यले कसको मन नलोभ्याउला र ? यहाँका मल्लकालिन झल्को दिने पुरानो शैलीका सुन्दर घरहरू, विन्दवासिनी, खड्गदेवी, थानीको थान, मुकुन्देश्वरी लगायतका मठमन्दिरहरू अनि नेवार, गुरुङ, मगर जातिका विभिन्न जात्रा, पर्वहरूले बन्दिपुरको गरिमालाई अझ धेरै बढाएका छन् ।

jutta mela

पृथ्वी राजमार्गको डुम्रे र बिमलनगर बजारको बीच भाग ठूलो ढुङ्गाबाट बन्दिपुरसम्म बन्दै गरेको केबुलकारको सञ्चालन पछि यसको चहलपहल अझै बढ्ने यहाँका पर्यटन व्यवसायीहरूको विश्वास देखिन्छ ।

You might also like

Comments are closed.