काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । संघको अधिवेशन तथा साधारणसभा फागुन २० र २१ गते काठमाडौंमा हुँदैछ ।
संघका बर्तमान अध्यक्ष उत्तमराज बिष्ट नेतृत्वको कार्यसमितिले कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गर्न लागेको हो । विष्ट गत अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । कोरोना महामारी र आर्थिक मन्दीका बीच पनि कार्यकाल सफल बनाइ अधिवेशनमार्फत सर्वसम्मत नेतृत्व हस्तान्तरणमा आफू जुटेको अध्यक्ष विष्टले आर्थिक आवाजलाई बताए ।
फागुन २० गते आइतबार संघको कार्यालय बाफलमा साभारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम तथा बन्द शत्र हुनेछ । २१ गते सोमबार द लिफ लाउन्ज रेष्टुरेन्ट छाउनीमा घोषणा तथा पदस्थापन कार्यक्रम हुनेछ ।
नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।
Comments are closed.