पोखरा । पोेखरा गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार विज्ञान प्रदर्शनी गरेका छन् । परीक्षाको तयारीमा रहेको कारण १० र १२ कक्षा बाहेक १ देखि ११ कक्षाका विद्यार्थीहरु विज्ञान प्रदर्शनीमा सहभागी भएका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यार्थीहरु गुरुहरुबाट पाएको ज्ञानलाई व्यवहारिक तथा प्रयोगात्मक हिसाबले सफल भएको उनले बताए ।
‘उनीहरुको क्रियटिभिटी देखिएको छ । उनीहरुले विज्ञान, प्रविधि, निर्माण क्षेत्र, विकासका संरचना, शहरी र नेपालको ग्रामीण परिवेशको झझल्को दिनेगरी सिकाईको क्रममा सामग्रीहरु तयार गरेर ल्याएका हुन्,’ उनले भने, ‘हामीलाई निकै खुसि लागेको छ । हाम्रो शैक्षिक पद्धति भनेकै सिकेको सिपलाई व्यवहारमा उतार्ने हो जो यस प्रदर्शनीबाट देखिएको छ । विद्यार्थीले ब्रम्हान्डको निर्माण गरेका छन् । सोलार सिस्टम बनाएका छन् । हाइड्रोलिक जेसिभि, डोजर बनाएका छन् । कसैले पानी फिल्टर बनाएका छन् ।’
यस्तो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने अध्यक्ष पालिखेले बताए । ‘अहिले जहाँतहिं कंक्रिटको जंगकल बनेको छ । तर उनीहरुले आधुनिक शहर र ग्रामीण बस्तिको झझल्को बनाएका छन्,’ पाखिलेले भने । विद्यार्थीले ढिकी, जाँतो, चौतारा लगायतका सामग्री बनाउनुले उनीहरुको सिर्जनशिलतामा निखार आएको उनको भनाइ छ ।
‘हामीले खोजेको पनि यहि खुसि हो जो हाम्रा बच्चाहरुमा देखिएको छ । किताबी पढाईले मात्रै सबल र सक्षम विद्यार्थी र भविष्यको अब्बल नागकि नहुने भएकाले हामीले प्रयोगात्मक तथा समय अनुसार आइरहेको नयाँ नयाँ शैक्षिक पद्धतिलाई अवलम्बन गरिरहेका छौं,’ पालिखेले भने, ‘कास्कीमै हामीले पहिलो पटक ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करिकुलम अनुसारको पढाई संचालन गर्यौं ।’
यस्तै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरिक्त कक्षा संचलन भइरहेको पालिखेले जानकारी दिए । यसका साथै शिक्षकहरुका लागि फिजिकल तथा अनलाइन तालिमको व्यवस्था र विद्यार्थी अभिभावकको लागि उत्प्रेरणा जगाउने कार्यक्रमहरु निरन्तर भइरहेको उनले जानकारी दिए ।
विज्ञान प्रदर्शनमा सहभागी भएकी ग्रेड दुईकी जेनिसा खड्काले भनिन्, ‘हाम्रो टीमले सोलार सिस्टम बनाएको छ ।’ आरोहनहाङ लिम्बु, रेयान्स श्रेष्ठ र अनुज गुरुङको टीमले ट्राफिक लाईटको निर्माण गरे । उनीहरुले अवलोकनकर्तालाई त्यसको उपयोगको बारेमा जानकारी पनि दिए । कक्षा ११ अग्रता क्षेत्रीको टीमले फाएर डिटेक्टर बनाएको र त्यसको प्रयोग गरेर पनि देखाइन् । कक्षा ११ विराज सापकोटाको टीमले वाटर फाउन्टेन बनाएका छन् ।
सुदेक्षा, सानु श्रेष्ठ र एलेक्सा बज्राचार्यको टीमले सोलार सिस्टम निर्माण गरेको प्रदर्शनमा राखेका छन् । स्लोप वराल र स्यायोन लोहनीले वाटर डिस्पेन्सर बनाएका छन् । साथै उनीहरुले पेरिस्कोप बनाएका छन् । कक्षा ११ की स्तुति बरालको टीमले हाइड्रोलिक मेसिन बनाएका छन् ।
प्रदर्शनीमा विद्यार्थीले श्वासप्रस्वास प्रक्रिया र फोक्सोको चाल, सुक्षम किटाणु हेर्ने सुक्ष्मदर्शन यन्त्र, ग्रिनरी भ्याली, सम्पदा, सांस्कृतिक धरोहर र नेपाली सभ्यतासंग गाँसिएका सामग्रीहरु प्रदर्शनमा राखेका छन् । प्रदर्शनीलाई हेर्न अभिभावक र शैक्षिक सरोकार राख्ने व्यक्तित्वहरुले अभिरुचिका साथ अवलोकन र विद्यार्थीसंग सवालजवाफ गरेका थिए ।
Comments are closed.