भैरहवा । भारत नेपाल आर्थिक साझेदारी सम्मेलन २०२४ भैरहवामा सम्पन्न भएको छ । भारतको नयाँदिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्सको भारत नेपाल केन्द्रले विभिन्न संस्थाहरुको सहकार्यमा उक्त सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा बोल्दै भारत नेपाल केन्द्रका अध्यक्ष तथा नेपालका लागी भारतीय पूर्व राजदूत मन्जीभ सिंह पुरीले आफू नेपालका लागी भारतीय यराजदूको रुपमा कार्य गर्दाको समयमा भए गरेका नेपाल–भारत सहयोग एवं सहकार्यको स्मरण गरे । आगामी दिनहरुमा नेपाल–भारत द्विपक्षीय आर्थिक सम्बन्ध विकासको क्षेत्रमा गर्नुपर्ने कामहरुका विषयमा उनले चर्चा गरे ।
सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य संघका महासचिव रमेश शर्माले सबै मिलेर नेपाल–भारत आर्थिक सम्बन्धको बिस्तार गर्नुपर्ने बताए । ‘द्विपक्षीय आयात–निर्यात ब्यापार, रेमिटेन्स लगायत विदेशी भुक्तानी सन्तुलनको समस्या जस्ता महत्वपूर्ण विषयहरुसंग सम्बन्धित समस्याहरु निराकरणका लागि भरपर्दो मजबूत प्लेटफर्मको विकास भइरहेको छ,’ उनले भने । दुई देशबीच सम्बन्धलाई प्रगाढ बढाउन मद्दत गरेको छ । व्यापारिक दृष्टिकोटबाट सम्मेलनले सकारात्मक योगदान पुगेको उनले विश्वास व्यक्त गरे । व्यापारिक दृष्टिकोणबाट समस्याहरुको पहिचान गरी समाधानमा पहल गर्ने उद्देश्य रहेको शर्माले जानकारी दिए ।
द्विपक्षीय व्यापार तथा लगानी प्रबद्र्धन गर्ने उपयुक्त च्यानलको विकास गरेर दुई देशबीच उपयुक्त व्यापारिक वातावरण बनाउँदै आगामी दिनहरुमा नेपाल तथा भारतबीच अझ बलियो आर्थिक व्यापारिक साझेदारीको विकास गर्न सकिने र सम्मेलन त्यसको लागि कोशेढुंगाको रुपमा स्थापित भएको बताए । ‘हामीलाई दक्षिण एशियामा उपक्षेत्रीय आर्थिक सहयोगको मुख्य शक्तिको रुपमा स्थापित गर्ने अवसर पनि रहेको र यसमा दुई देशवीच सहकार्य र तालमेलको आवश्यकता रहेको छ,’ उनले भने ।
सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य संघ, बीरगंज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले नेपाल–भारत सम्बन्धमा भएको पछिल्लो विकास क्रममा नेपाल सरकारले जारी गरेको परिचयपत्रको आधारमा भारतमा रहेका नेपाली नागरिकले बैंकमा खाता खोल्न पाउने व्यवस्था भएको बताए । यो सुविधाका कारण भारतमा रहेका नेपालीहरुले औपचारिक रुपमा बैंकिङ प्रणालीमार्फत नेपालमा पैसा पठाउन सकिने बताए । गत साता मात्र नेशनल पेमेण्ट इन्टरफेस नेपाल र युनिफाइड पेमेन्ट इन्टरफेस भारतबीच सरकारी स्तरमा भएको द्विपक्षीय सम्झौता मार्फत डिजिटल भुक्तानी प्रणालीमा आएको सफलताले विद्युतीय भुक्तानीबाट हुने कारोवारलाई हेर्ने संयुक्त संयन्त्र स्थापना गर्ने सहमति रहेको महत्वपूर्ण रहेको बिचार व्यक्त गरे । अहिलेको समयमा नेपाल–भारत सम्बन्धमा भएका यस्ता उपलब्धीहरुलाई कसरी दैनिक जीवनमा कसरी लागू गर्ने तथा यसको सहज व्यवस्थापन गर्ने विषयमा सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।
भारत सरकारले भारतीय नदीहरुमा विकास गरेको जलमार्गहरुको प्रयोग गर्ने सुबिधा तथा ३० वर्ष पहिले बनेको ब्यापार तथा पारवहन सम्बन्धी सन्धीहरुलाई कसरी व्यवहारिक बनाएर लागू गर्नु सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए । भारत नेपाल केन्द्रका सचिव अटुल के ठाकुरले उक्त सम्मेलनको संयोजन तथा मोडरेटको कार्य गरेका थिए ।
गत वर्ष वीरगन्जमा यस प्रकारको सम्मेलन भएको थियो ।
Comments are closed.