गभर्नरमा थापा र भाइस गभर्नरमा मल्ल र बास्तोलालाई शतप्रतिशत भोटको प्रतिबद्धता

काठमाडौं । लायन्स क्लब अफ पोखरा सेती गण्डकीकी पूर्व अध्यक्ष मीलन थापा लायन्सको गभर्नर बन्ने भएकी छन् । ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल’को आगामी लायन वर्षका लागि उनी गभर्नर बन्दैछन् ।

आगामी चैत ३ गते पर्यटकीय नगरी पोखरामा हुने कन्भेन्सनबाट नयाँ नेतृत्व चयन हुनेछ । गभर्नरमा थापासँगै डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा मिलनबाबु मल्ल र सेकेण्ड भाइस गभर्नरमा प्रजापती बास्तोला चयन हुनेछन् । मल्ल लायन्स क्लब अफ काठमाडौं बनस्थलीका पूर्व अध्यक्ष हुन् भने बास्तोला लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् । डिष्ट्रिक्टमा सहमतिको भावना अनुसार सेकेण्ड भाइस गभर्नरमा पनि सर्वसम्मत नेतृत्व चयन हुन लागेको हो ।

गभर्नर र भाइस गभर्नरका उम्मेदवारहरु यतिबेला डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुमा भोटका लागि अपिल गरिरहेका छन् । सम्पूर्ण क्लबबाट उम्मेदवारहरुलाई शतप्रतिशत ‘एस भोट’को प्रतिबद्धता आएको जनाइएको छ ।

कन्भेन्सनको आयोजक क्लब संसारकै पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकी हो । कन्भेन्सनको तयारी तिब्र बनाइएको र उत्साहजनक रुपमा रजिष्ट्रेसन भइरहेको कन्भेनर पुजन शाक्यले जानकारी दिइन् ।

You might also like

Comments are closed.