पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले साथ दिएको छ । शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने सहमति भएको हो ।
मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग छलफल गरेको थियो । भेटघाट कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष विश्वराज पौडेल समेत सहभागी थिए ।
मझेरीमा १६ करोड भन्दा बढीको लगानी रहेको अध्यक्ष खनालले बताए । शान्त वातावरणमा रहेको सुविधासम्पन्न रिसोर्टमा स्विट र सुपर डिलक्स गरेर ६० वटा रुम छन् । लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको यो रिर्सोटमा कार्यक्रम गर्नको लागि सानो तथा ठुलो हलको समेत व्यवस्था छ । रिर्सोटमा स्विमिङ पुल, विभिन्न परिकार पाइने रेष्टुरेन्टको सुविधा समेत छ ।
मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्दैछ ।
Comments are closed.