धितो मुल्याङ्कनका अभ्यास विषयमा अन्तरक्रिया आयोजना

काठमाडौं । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मुल्याङ्कनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको पुल्चोक ललितपुरस्थित गुहेश्वरी भवनमा आयोजित कार्यक्रममा विश्व बैंकका भूमि विज्ञ डेनिलो आर आन्टानियोले धितो मुल्याङ्कनका अभ्यासहरुका बारेमा धारणा राखेका थिए ।

काठमाडौं विश्व विद्यालयका प्राध्यापक डा. सुवास घिमिरेले नेपालमा हाल भइरहेको घरजग्गा मुल्यांकनका अभ्यासहरु र सुधारका उपायहरुको बारेमा चर्चा गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले हाल धितो मुल्याङ्कनको महत्व र यसका लागि अपनाएका प्रक्रियाहरुको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परमर्शदाताहरु, धितो मुल्याङ्कनकर्ताहरु, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागीय प्रमुखहरुका साथै संस्थाका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

You might also like

Comments are closed.