पोखरा । लायन्सको डिष्ट्रिक्ट गभर्नरमा चण्डीप्रसाद अर्याल निर्वाचित भएका छन् । लायन वर्ष २०२४/२५ का लागि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको उनी गभर्नर निर्वाचित भएका हुन् । शनिबार पोखरामा आयोजित दोस्रो कन्भेन्सनले गभर्नरमा अर्यालसहित फस्ट भाइस गभर्नरमा धनीराम बराल र सेकेण्ड भाइस गभर्नरमा रत्न पराजुली निर्वाचित भएका छन् ।
गभर्नरमा निर्वाचित भएका अर्यालले सामाजिक क्षेत्रमा आफ्नो डिष्ट्रिक्टले उत्कृष्ट कार्य गरिरहेको र आगामी दिनमा अझै रचनात्मक कामसहित सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन् । उनी लायन्समा लागेको २ दशकभन्दा बढी भइसकेको छ ।
लायन्स अन्तर्राष्ट्रियले परिस्कृत समयमा तय गरेको पछिल्लो मिसन, ३२५ एम नेपालका १३६ वटा क्लबहरुका ३२९६ जना सदस्यहरुको भावनाको कदर गर्दै समाजको चाहाना बमोजिम लायन वर्ष २०२४/२५ लाई एक उत्कृष्ट डिष्ट्रिक्टमा रुपान्तरण गर्ने प्रतिवद्धता उनले प्रकट गरेका छन् ।
३२५ वी १ नेपालको रिडिष्ट्रिक्टिङको लगत्तै चुम्लिङटारमा बसेको ३२५ एम नेपालको एक विशेष बैठकद्वारा निर्देष गरिएको रोडम्यापलाई योजनाको आधारशिला बनाई त्यसको मर्मअनुरुप कार्य गर्ने, डिजिटल डिष्ट्रिक्टको अवधारणा अनुरुप इन्फर्मेटिभ वेभसाइट, मोबाइल एप्स, इ म्यागेजिन, इ न्युज लगायतको उच्चतम प्रयोग गर्दै डिष्ट्रिक्टमा रहेका सबै किसिमका फण्डहरुको डाटावेश तयार गरी सबैको हातहातमा मोवाइल एप्स मार्फत पुर्याउने, अन्तर लायन्स तथा ओपन क्विच कन्टेष्ट प्रतियोगिताको आयोजना गराई सम्पूर्ण सदस्यहरुलाई पढ्ने र जानकारी राख्ने बानीको विकास गर्ने, देशै भरका प्लस टु का विद्यार्थीहरु र उनीहरुका अभिभावक मार्फत लायन्सलाई व्राण्डिङ गराउने उनले प्रतिबद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रियस्तरको गभर्नर्स ओपन भलिवल म्याच खेल खेलाई रंगशालामा दशौं हजार लायन्स मार्फत लायन्सको व्राण्डिङ गराउने, नेपालमा पछिल्लो दिनमा फैलिएको क्यान्सर रोगको मुल जड हरियो तरकारी र फलफूलमा मिसाइएको विषादीको अनुचित र अनाधिकृत रुपमा भएको प्रयोगलाई निरुत्साहित गर्न एक स्थानीय, प्रदेश र संघ सरकार एवं सरोकारवालाहरुसँगको सहकार्यमा एक विशेष कार्यक्रम ल्याउने, दूध र हरेक भान्सामा पाक्ने तरकारी एवं फलफूल लगायतका खाद्यान्नहरुको मिसावटप्रति सचेतना फैलाउने, डिष्ट्रिक्ट तथा क्लबद्वारा आयोजना हुने सबै कार्यक्रमहरुको एक विधि निर्माण गरी ती कार्यक्रमहरुको मर्मलाई मध्यनजर गर्दै सेवामुखी बनाउँदै एकरुपता ल्याउने इलेक्ट गभर्नर अर्यालले प्रतिबद्धता जनाएका छन् ।
लायन्स शिक्षा कोष (पढाऔं अभियान), नेपाल लायन्स फाउण्डेन, टियु ब्लड बैंक, डिजाष्टर फण्ड लगायतका डिष्ट्रिक्टका फण्डहरु सञ्चालन र मुद्धती अवधि सकिन लागेको पूर्व सूचना दिने विधि निर्माण गरी तुरुन्तै रिन्यु गर्ने, कोषहरुको समयमा वितरण गर्ने, कोषका ट्रष्टीहरुलाई नियमित समय तालिका बनाई पिन, प्रमाणपत्र आदिले सम्मान गर्दै उनीहरुलाई अभिप्रेरित गर्ने र जुनसुकै बेलापनि मोबाइल एप्स मार्फत रकमहरुको सहजै सूचना लिन सकिने व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाएका छन् ।
पोखरामा आयोजित कन्भेन्सनको आयोजना लायन्स क्लब अफ पोखरा मिड टाउनले गरेको हो । कन्भेन्सन सफल बनाउन योगदान पुर्याउने सम्पूर्णप्रति क्लबले आभार व्यक्त गरेको छ ।
Comments are closed.