प्रभु बैंकद्वारा नयाँ गाउँमा शाखा विस्तार, पोखरामा मात्रै १० शाखा

पोखरा । पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४ औं शाखा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरेकी हुन् । प्रभु बैंक लिमिटेडको नयाँगाउँमा शाखा विस्तार भएसँगै देशभर ३ सय २ शाखा सञ्चालन भएको छ ।

नयाँगाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैैंकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँगाउँमा शाखा विस्तार गरेको बताएकी छन् । ‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ, आशा छ तपाईंहरुले हामीलाई अझै विश्वास गर्नुहुनेछ,’ उनले भनिन् ।

पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरुलाई बैंकिङ कारोवारमा सहज हुने बताए ।

प्रभु बैंक लि. गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र बिकासको सहयात्री, अग्रणी वाणिज्य बैंकको यो शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहित को वित्तीय उत्पादन तथा सेवाहरु उपलब्ध गराएर आर्थिक समृद्धि को लागि योगदान दिनेमा विश्वास लिएको बताए ।

प्रभु बैंक लिमिटेडले पोखराको बगर, हरिचोक, रत्नचोक, न्युरोड, अघौंचोक, बाजापाटन, तालचोक, विरौटा र नयाँगाउँमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको माछापुछ्रे गाउँपालिकामा समेत शाखा विस्तार गरिसकेको छ ।

You might also like

Comments are closed.

Secret Link