पोखरा । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालद्वारा आयोजित ‘क्याबिनेट अफिसर्स स्कुलिङ’ कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर इलेक्ट मिलन थापाबाट आगामी लायन वर्ष २०२४/२५ का लागि मनोनीत भएका लायन्स लिडरहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।
पोखरामा जेठ ४ देखि ६ गतेसम्म आयोजित कार्यक्रममा डिष्ट्रिक्ट अन्तर्गतका लायन्स लिडरहरुको उत्साहजक सहभागिता रहेको गभर्नर इलेक्ट थापाले जानकारी दिइन् । ‘कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभारी छु,’ उनले भनिन्, ‘लायन वर्ष २०२४÷२५ लाई सफल बनाउन कार्यक्रमबाट थप उत्साह मिलेको छ ।’
कार्यक्रममा बोल्दै लायन्सका पास्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले सेवा क्षेत्रमा डिष्ट्रिक्टल पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी वर्ष अझै बढी काम हुने विश्वास व्यक्त गरे । पास्ट डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर ध्रुब थापाले आगामी वर्षको मुख्य थिम ‘सेयरिङ ह्याप्पिनेस’ अन्तर्गत रहेर काम गर्न आग्रह गरे ।
इलेक्ट डिष्ट्रिक्ट गभर्नर मिलन थापाले डिष्ट्रिक्ट अन्तर्गतका सबै क्लबहरु र लायन्स लिडरहरुको साथमा रहेर आफूले कार्यसम्पादन गर्ने बताइन् । महिला उद्यमशीलता बृद्धि, युवा सचेतना लगायत सामाजिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने गरी रचनात्मक काम गर्ने उनको तयारी छ ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर, इन्टरनेसन डाइरेक्टर बाल कृष्ण बुर्लाकोटी, एलसीआईएफका एरिया लिडर राजन लम्साल, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट प्रजापती बास्तोला र मनोनित चिफ एडभाइजर कुश प्रसाद मल्ली सहित उत्प्रेरक वक्ताहरुले उत्प्रेरणामूलक मन्तव्य राखेका थिए ।
Comments are closed.