पोखरा । अष्ट्रेलिया, युएसए, युके र क्यानाडा अध्ययनका लागि परामर्श दिंदै आइरहेको युनिस्टार एजुकेशन पोखराको आयोजनामा जेठ १३ गते आइतवार (26 May 2024) “स्टडी अब्रोड एडुफेयर २०२४” हुने भएको छ । सिद्धार्थचोकस्थित आफ्नै सभाहलमा हुने उक्त मेलामा युसए, युके तथा अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्नेछन् । सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।
सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गरिनेछ । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस, पिटिइ गर्न चाहेमा हामीले ५०% डिस्काउण्ट अफरको पनि व्यवस्था गरिएको बताइएको छ । साथै मेलामा सहभागी सबै विद्यार्थीहरुलाई विभिन्न उपहारको पनि व्यवस्था गरिएको छ ।
प्लस टु, व्याचलर तथा मास्टर पास गरेका विद्यार्थीहरु एडुफेयरमा भाग लिन सक्नेछन् । विशेष गरी यएुसए, युके र अष्टे«लिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् । यएुसए, युके र अष्ट्रेलियामा अध्ययन पछाडी काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि जानकारी गराइनेछ ।
युनिस्टारले आइएलटिएस, पिटिइ र टोफलका तयारी कक्षाका साथै यएुसए, युके, अष्ट्रेलिया, क्यानाडा, र आयरल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेको छ । युके, युएसए लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हो । नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त युनिस्टार एजुकेशन विगत लामो समय देखी विद्यार्थीहरुलाई परामर्श दिंदै आइरहेको संस्था हो ।
Comments are closed.