पोखरा । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १९औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष वावुराम पन्तले देशभरका औद्योगिक क्षेत्रको समग्र विकासमा आफूहरुको मुख्य ध्यान रहेको बताए ।
पुराना भवनहरु हटाउने, औद्योगिक क्षेत्रलाई आधुनिक र व्यववस्थित गर्ने अभियानमा सबै उद्योगहरुको साथ आवश्यक रहने पनि पन्तले बताएका छन् । औद्योगिक क्षेत्रको विकासले मात्रै मुलुकको समृद्धि सम्भव हुुने उनको भनाइ छ ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकको अध्यक्षतामा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा देशभर रहेका औद्योगिक क्षेत्रका अध्यक्ष तथा उद्योगीहरु सहभागी थिए ।
पोखरा औद्योगिक क्षेत्र उद्योग संघको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष माधव अधिकारी, तिलप्रसाद भट्टराई, सल्लाहकार गणेशबहादुर श्रेष्ठ, मकवानपुर उद्योग संघ अध्यक्ष बद्रिनाथ शर्मा, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ रुद्रलाल श्रेष्ठ, बुटवल औद्योगिक क्षेत्र उद्योग संघ अध्यक्ष हिरामणि भट्टराई लगायतले बोलेका थिए
Comments are closed.