गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार नियुक्त गरेसँगै सपथ ग्रहण पनि गराएका छन् ।

मुख्यमन्त्री पाण्डेको अघिल्लो कार्यकालमा पनि आयोगकको उपाध्यक्षमा देवकोटा नै नियुक्त भएर काम गरेका थिए ।

प्रदेशको विकास निर्माण, नीति तथा योजनाका क्षेत्रमा नवनियुक्त उपाध्यक्ष देवकोटाको विशेष भूमिका हुने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.