नेपाल डेरी एसोसिएसनद्वारा सातै प्रदेशमा दूध प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौं । नेपाल डेरी एसोसिएसनले पनि सातै प्रदेशमा प्रदेश जिल्ला लगायत अन्य धेरै ठाउँमा विश्व दूध दिवस मनाएको जनाएको छ । झापामा आयोजित संयुक्त कार्यक्रममा समेत सहभागिता जनाएको एसोसिएसनले संस्थागत तर्फबाट पनि विविध कार्यक्रम गरेको छ ।

यसैक्रममा मधेश प्रदेशमा अनाथालयमा गई दूध तथा दुग्ध पदार्थ सेवन गराई प्रदेशका अध्यक्ष राघो सिंह, केन्द्रीय उपमहासचिव विजय प्रसाद चौरसिया, प्रदेश उपाध्यक्ष हरि नेपाल, सदस्य नविन चौरसिया लगायत उद्योगीहरुको उपस्थितिमा कार्यक्रम भएको हो । बागमती प्रदेशको कार्यक्रममा नुवाको जिल्ला अध्यक्ष बालकृष्ण ढुंगेल (दिपक), बागमती प्रदेश उपाध्यक्ष धू्रव तिवारी सचिव श्याम घिमिरे, जिल्ला समितिका पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थितिमा हाम्रो बाल संरक्षण धरोहर नेपाल आश्रम नुवाकेटमा रहेका बालबालिकाहरुलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

काठमाडौं दरवारमार्गमा कृषि उपज बिक्री वितरण बजारमा काठमाडौं जिल्ला सचिव एवं कपन, बालुवाखानीस्थित तिमल्सिना डेरीका संचालक शिवप्रसाद तिमल्सिनाले निःशुल्क दहि उपलब्ध गराई प्रत्यक्ष मोही बनाएर निःशुल्क खुवाउने कार्यक्रम भएको छ ।

गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष एवं केन्द्रीय सचिव शिवहरि आचार्यको संयोजकत्वमा सल्लाहकार ज्ञानेन्द्र बजगाई, प्रदेश उपाध्यक्ष रामचन्द्र बराल, सदस्य निर्मल भण्डारी एवं पूर्व सल्लाहकार पूण्य प्रसाद पौडेलको उपस्थितिमा कास्कीको मानव सेवा आश्रममा दूध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

लुम्बिनी प्रदेशमा रहेको अस्पतालमा रहेका बिरामी अशक्तहरुलाई केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुषाल, प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, केन्द्रीय सदस्य भुवनेश्वर न्यौपाने, केन्द्रीय सल्लाहकार हिरा के.सी लगायत दुग्ध उद्योगी व्यवसायीहरुको उपस्थितिमा विरामीहरुलाई दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाइएको छ ।

सुदुरपश्चिम प्रदेशमा केन्द्रीय उपाध्यक्ष कर्ण बहादुर हमालको संयोजकत्वमा केन्द्रीय सदस्य प्रेम प्रकाश पाठक, प्रदेश अध्यक्ष भुपेन्द्र थापा, उपाध्यक्ष राम कुवर, सचिव हर्क चन्द एवं सदस्यहरु एवं सरोकारवालाहरु र दुग्ध उद्योगीहरुको उपस्थितिमा दूध तथा दुग्ध पदार्थको बजारीकरण तथा उपभोग सम्बन्धी अन्तरक्रिया गरि दूध तथा दुग्ध पदार्थ सेवन गरि दिवस मनाइएको छ ।

 

You might also like

Comments are closed.