पोखरा । नेपाल डेरि एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा विश्व दूध दिवस मनाइएको छ ।
पोखरा २५ हेम्जास्थित मानव सेवा आश्रममा रहेका करिव १२० जना आश्रितलाई दूध, दही, घ्यू, मोही, पनिर, आइसक्रिम, पाउरोटी लगायत वितरण गरेर दिवस मनाइएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए ।
उक्त अवसरमा बोल्दै पोखरा दुग्ध प्रशोधन व्यवसायी संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले दूधको महत्व प्रकाश पारेका थिए । मानव सेवा आश्रमका अभियान्ता कृष्ण पौडेलले आश्रमले मानव सेवाको क्षेत्रमा गरेका कामबारे जानकारी गराएका थिए ।
नेपाल डेरि एसोसिएसनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र बजगाईले डेरि एसोसिएसनको मोही अभियान तथा अन्य सामाजिक अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा डेरि एसोसिएसन गण्डकीका उपाध्यक्ष रामचन्द्र बराल, सदस्य निर्मल भण्डारी लगायत डेरी उद्यमीहरुको उपस्थिति थियो ।
Comments are closed.