गेटवे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

पोखरा । गेटवे हिमालय रिसोर्टको सेवामा प्रभु बैंक लिमिटेडका ग्राहकले विशेष छुट पाउने भएका छन् । बेँसीसहरस्थित गेटवे हिमालय रिसोर्ट प्रालिसँग बैंकले छुट सम्झौतामा हस्ताक्षर गरेको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई त्यहाँका सेवामा विशेष छुट उपलब्ध गराउने गरी सम्झौता भएको बैंकले जनाएको छ ।

गेटवेका सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख अधिकृत राजु राना मगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

गेटवे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत, खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।

You might also like

Comments are closed.