काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाबीच एकीकृत भएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष र सञ्चालकहरुले पदभाग ग्रहण गरेका छन् । बिहीबार दुवै संस्थाहरुको मर्जर भइ संयुक्त कारोबार सुरु भइसकेको छ ।
कम्पनीका सञ्चालकहरुको बैठकले अध्यक्षमा सर्वसम्मत लोकराज शर्मालाई चयन गरेको छ । उनले बिहीबार नै नेपाल राष्ट्रबैंकबाट पद तथा गोपनियताका सपथ ग्रहण गरिसकेका छन् । कम्पनीका सञ्चालकहरु शम्भुप्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत हमाल, अर्जुन श्रेष्ठ, शुष्मा गौतम र बिमला योगीले अध्यक्षबाट सपथ ग्रहण गरी पदभार ग्रहण गरेका हुन् ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले पनि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
मर्जर पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु ७४ करोड ३३ लाख, शाखा संख्या २३६, सदस्य संख्या २ लाख १६ हजार, ऋणि संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब एक लाख पुगेको छ ।
Comments are closed.