काठमाडौं । नयाँ सरकार बन्ने प्रक्रिया सुरु भएसँगै सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार ५२.९७ अंकले नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से २२५७.५९ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आइतबार २ करोड २० लाख कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । प्रचण्ड सरकार ढलेर आजबाट केपी शर्मा ओली नेतृत्वमा सरकार बन्दैछ । अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा भएसँगै सेयर बजारमा सकारात्मक संकेत देखिएको लगानीकर्ताहरु बताउँछन् ।
मन्दु हाइड्रोपावर, रिरि पावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हिमाल दोलखा हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र जानकी फाइनान्स सर्किट लेभलमा बृद्धि भएका छन् ।
Comments are closed.