ललितपुर । नेपाली युवा उद्यमी मञ्च (एनवाइफ) ललितपुरको अध्यक्षमा नीतु श्रेष्ठ निर्वाचित भएकी छन् । साउन १ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा एल्विस रंजित, द्वितीय उपाध्यक्षमा अनुकुल श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा जश श्रेष्ठ, शिखर पाण्डे, निशान ढकाल, प्रकिरण श्रेष्ठ, नीरज अग्रवाल, अशङ्क सजब राणा र पलास जोशी निर्वाचित भएका छन् ।
साधारणसभाका प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले युवा उद्यमशिलताको विकासमा एनवाईईएफको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले नवनियुक्त अध्यक्ष नीतु श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् । नीतु श्रेष्ठ एनयस बाइ जेनी फेसनकी संस्थापक हुन् । उनी एनवाइफ ललितपुर शाखाबाट पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।
Comments are closed.